नबिल बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ। कम्पनीले साउन ६ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो।
बैंकले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने छ। १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई बिक्री गरिने छ ।
यस ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । छिटोमा साउन ९ गतेसम्म आवेदन दिन सकिने जनाईएकोमा अब म्याद थप भएसंगै यस यस ऋणपत्रमा ढिलोमा साउन २० गतेसम्म आवेदन दिन सकिने छ । यद्यपि पर्याप्त आवेदन परेमा बैंकले सार्वजनिक सूचना जारी गरेर सो समय अगावै ऋणपत्र बिक्री बन्द गर्न सक्ने छ। ऋणपत्र निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ ।
८ वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७ प्रतिशत ब्याज प्रदान गर्ने छ। नेपाल धितोपत्र बोर्डले असार १२ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।









