Saturday, September 5, 2026
spot_img

४ कार्य दिन मै बिक्री हुने भयो निफ्राको ऋणपत्र, आवेदन दिने बिहिबार अन्तिम दिन

spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले निष्काशन गरेको ऋणपत्र ४ कार्यदिनमा नै बिक्री बन्द हुने भएको छ । बैंकले जेठ १८ गतेदेखि ऋणपत्र बिक्री खुला गरेकोमा सो दिन सार्वजनिक विदा परेकोले आवेदन दिने म्याद एक दिन थप गरि जेठ २२ गतेसम्म कायम गरिएको छ।

अब यस निष्काशनमा जेठ २२ गते बिहिबारसम्म आवेदन दिन सकिने छ। अर्थात् बैंकको ऋणपत्र ४ कार्यदिन मै बन्द हुने छ।

बैंकले बैंकले १ हजार रुपैयाँ दरका ५० लाख इकाई अर्थात् ५ अर्बको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री हुने छ। १ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्याई बाँडफाँड गरिएको छ। बाँकि रहेको १९ लाख कित्ता सर्वसाधारणलाई खुला गरिएको छ। ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले वैशाख ३० गते  बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको थियो। यो ७ वर्ष अवधिको निफ्रा उर्जा ऋणपत्र हो । यस ऋणपत्रमा बैंकले वार्षिक ६ प्रतिशत ब्याज दिने छ। ऋणपत्रबाट संकलित पुँजी पर्यावरण मैत्री परियोजना संचालनका साथै दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनिकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी उक्त अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ।

ऋणपत्र निष्काशनको लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...