आँखुखोला जलविद्युत कम्पनीले हकप्रदमा अवितरित शेयर असोज ११ देखि लिलाम गर्ने भएको छ। कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १७ लाख ५० हजार २ सय ४८ कित्ता शेयर असोज ११ देखि असोज २० गतेसम्म लिलाम गर्न लागेको हो।
यस लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।
लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।
काठमाडौँ भित्र नबिल इन्भेष्टमेन्टको नक्साल स्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै नबिल बैंकको विर्तामोड, विरगंज, हेटौडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगंज, बराहताल सुर्खेत, र धनगढी शाखाबाट आवेदन दिन सकिने छ ।
कम्पनीले साउन २७ देखि भदौ १६ गतेसम्म १:१.५० को अनुपातमा १५० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गरेको थियो। हकप्रदमा १ करोड २ लाख ४९ हजार ७ सय ५२ कित्ताको लागि मात्र आवेदन परेकोले बाँकी रहेको १७ लाख ५० हजार २ सय ४८ कित्ता शेयर लिलाममा आउन लागेको हो ।












