Wednesday, June 18, 2025
spot_img

एचआइडिसिएलले लिलामीमा ल्याएको शेयर बाँडफाँड, ३ वर्षपछि पुरै बिक्यो हकप्रद

spot_img
spot_img

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले लिलामीमा ल्याएको संस्थापक समूह तर्फको अवितरित हकप्रद शेयर बाँडफांड भएको छ। कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाममा राखेको थियो।

सो अवधिमा प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ १२ गते खोलिएको थियो । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थापक समूह समुहतर्फको शेयरको कटअफ मूल्य १३५ रुपैयाँ कायम भएको छ । अर्थात् लिलामीको शेयरमा १३५ रुपैयाँ वा सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनेले कम्पनीको शेयर पाउने छन् । १३५ रुपैयाँमा आवेदन दिनेले भने समानुपातिक रुपमा शेयर पाउने छन् ।

शेयरमा नपरेको रकम आज भदौ १७ गतेबाट फिर्ता गरिने क्यापिटलले जनाएको छ । आवेदकले आफ्नो आवेदनमा उल्लेख गरेको बैंक खातामा कनेक्ट आईपीएसबाट पैसा फिर्ता गरिने क्यापिटलले उल्लेख गरेको छ।

यस संगै एचआइडिसिएलको हकप्रदमा अवितरित हकप्रद शेयर ३ वर्षपछि पूर्ण बिक्री भएको छ। कम्पनीले २०७८ साउन ५ देखि २०७८ भदौ ८ गतेसम्म १:१ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। कम्पनीले हकप्रदमा अवितरित शेयर पटक पटक लिलाममा ल्याएपनि पूर्ण रुपमा बिक्री हुन सकेको थिएन। विशेष गरि कम्पनीको संस्थापक समूहको शेयर बिक्री हुन कठिन भईरहेको थियो । अब भने ३ वर्षपछि कम्पनीको अवितरित हकप्रद शेयर पूर्ण रुपमा बिक्री भएको छ। शेयर बजार बढेपछि कम्पनीको संस्थापक शेयरको शेयर मूल्य पनि बढेको थियो । सोहि कारण अहिले कम्पनीको शेयर पूर्ण रुपमा बिक्री भएको हो।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img