Friday, May 23, 2025
spot_img

एचआइडिसिएलको शेयर लिलामी आज बन्द हुँदै, १९२ रुपैयाँको शेयर १०० मै किन्ने अवसर !

spot_img

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले लिलाममा ल्याएको हकप्रदमा अवितरित १ करोड ६८ लाख कित्ता बढी संस्थापक शेयरमा आवेदन दिने आज भदौ ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन २९ गतेदेखि हकप्रदमा अवितरित संस्थापक समुहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाममा राखेको हो।

कम्पनीले यी शेयरको मूल्य न्युनतम १०० रुपैयाँ तोकेकोले सो वा सो भन्दा बढी मूल्य कबोल गरि आवेदन दिनु पर्ने पर्ने छ। आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ । ५ लाख भन्दा बढीको आवेदन दिंदा प्यान नम्बर अनिवार्य आवश्यक पर्ने छ।

शेयर बाँडफांड गर्दा सुरुमा सबै भन्दा बढी रकम कबुल गर्नेलाई शेयर बिक्री गरिने छ । त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् ।  शेयर कायम रहेसम्म यहि प्रक्रियाद्वारा शेयर बाँडफांड हुने छ।

शेयर लिलामको लागि ग्लोबल आईएमइ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  काठमाडौँमा क्यापिटलको कार्यालय नक्साल र ग्लोबल आईएमई बैंकको शंखमुल शाखाबाट आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने आवेदन दिनको लागि ग्लोबल आईएमई बैंकको १४ शाखा तोकिएका छन् ।

लिलाम प्रक्रियाबाट प्राप्त यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा hidclp सिम्बलबाट सजिल्यै कारोबार हुन सक्ने छन् । कम्पनीले यस अघि पटक पटक हकप्रदमा अवितरित संस्थापक शेयर लिलाममा ल्याए पनि पुरा बिक्री हुन सकेको थिएँन । अब भने नेप्सेमा शेयर मूल्य बढेपछि फेरी संस्थापक शेयर लिलाममा ल्याएको हो । भदौ ५ गते बजार बन्द हुँदा नेप्सेमा यी शेयरको शेयर मूल्य १९२ रुपैयाँ कायम रहेको छ। बजारमा १९२ रुपैयाँमा कारोबार भईरहेको शेयर १०० रुपैयाँमा खरिद गर्ने अवसर लगानीकर्ता माझ रहेको छ ।

 

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img