Tuesday, June 9, 2026
spot_img

एचआइडीसीएलको १ करोड ६८ लाख कित्ता संस्थापक शेयरको लिलाम बिक्री खुला

spot_img
spot_img

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले हकप्रदमा अवितरित १ करोड ६८ लाख कित्ता बढी संस्थापक शेयरको लिलाम बिक्री आजदेखि खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाम बिक्री खुला गरेको हो ।

कम्पनीले लिलाम बिक्री खुला गरेको यी शेयर खरिद गर्न साउन २९ देखि भदौ ६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले यी शेयरको मूल्य न्युनतम १०० रुपैयाँ तोकेकोले सो वा सो भन्दा बढी मूल्य कबोल गरि आवेदन दिनु पर्नेछ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ । ५ लाख भन्दा बढीको आवेदन दिँदा प्यान नम्बर अनिवार्य आवश्यक छ ।

शेयर लिलामको लागि ग्लोबल आईएमइ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । काठमाडौँमा क्यापिटलको कार्यालय नक्साल र ग्लोबल आईएमई बैंकको शंखमुल शाखाबाट आवेदन दिन सकिनेछ । काठमाडौँ बाहिर भने आवेदन दिनको लागि ग्लोबल आईएमई बैंकको १४ शाखा तोकिएका छन् ।

लिलाम प्रक्रियाबाट प्राप्त यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा HIDCLP सिम्बलबाट सजिल्यै कारोबार हुन सक्नेछन् । कम्पनीले यस अघि पटक पटक हकप्रदमा अवितरित संस्थापक शेयर लिलाममा ल्याए पनि पुरा बिक्री हुन सकेको थिएन । अब भने नेप्सेमा शेयर मूल्य बढेपछि फेरी संस्थापक शेयर लिलाममा ल्याएको हो । यो समाचार तयार पार्दासम्म नेप्सेमा यो कम्पनीको शेयर मूल्य १४९ रुपैयाँ २० पैसा रहेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img