spot_img

एचआइडीसीएलको १ करोड ६८ लाख कित्ता संस्थापक शेयरको लिलाम बिक्री खुला

spot_img

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले हकप्रदमा अवितरित १ करोड ६८ लाख कित्ता बढी संस्थापक शेयरको लिलाम बिक्री आजदेखि खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाम बिक्री खुला गरेको हो ।

कम्पनीले लिलाम बिक्री खुला गरेको यी शेयर खरिद गर्न साउन २९ देखि भदौ ६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले यी शेयरको मूल्य न्युनतम १०० रुपैयाँ तोकेकोले सो वा सो भन्दा बढी मूल्य कबोल गरि आवेदन दिनु पर्नेछ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ । ५ लाख भन्दा बढीको आवेदन दिँदा प्यान नम्बर अनिवार्य आवश्यक छ ।

शेयर लिलामको लागि ग्लोबल आईएमइ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । काठमाडौँमा क्यापिटलको कार्यालय नक्साल र ग्लोबल आईएमई बैंकको शंखमुल शाखाबाट आवेदन दिन सकिनेछ । काठमाडौँ बाहिर भने आवेदन दिनको लागि ग्लोबल आईएमई बैंकको १४ शाखा तोकिएका छन् ।

लिलाम प्रक्रियाबाट प्राप्त यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा HIDCLP सिम्बलबाट सजिल्यै कारोबार हुन सक्नेछन् । कम्पनीले यस अघि पटक पटक हकप्रदमा अवितरित संस्थापक शेयर लिलाममा ल्याए पनि पुरा बिक्री हुन सकेको थिएन । अब भने नेप्सेमा शेयर मूल्य बढेपछि फेरी संस्थापक शेयर लिलाममा ल्याएको हो । यो समाचार तयार पार्दासम्म नेप्सेमा यो कम्पनीको शेयर मूल्य १४९ रुपैयाँ २० पैसा रहेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...