Wednesday, July 29, 2026
spot_img

भदौ १५ देखि ३ लाख ९१ हजार कित्ता बढी शेयर लिलाम गर्दै पिपुल्स पावर, कहाँ दिने आवेदन ?

spot_img

पिपुल्स पावर लिमिटेडले भदौ १५ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको कुल ३ लाख ९१ हजार ७ सय ७९ कित्ता शेयर लिलाम गर्न लागेको हो। यस लिलामीको शेयरमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ ।

यस लिलामी प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।

काठमाडौँ जिल्ला भित्र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने  प्रभु बैंकको शाखाहरु विराटनगर, बिरगंज, हेटौडा, पोखरा,  बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले असार २२ गतेदेखि साउन २६ गतेसम्म १:०.५० को अनुपातमा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा बिक्री नभएको शेयर लिलाम हुन लागेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा लिन सकिने

कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि....

बर्डफ्लु नियन्त्रणमा आएसँगै अण्डा र मासुको खपत बढ्न थाल्यो, मूल्य पनि वृद्धि

बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै मासु र अण्डाको खपत बढ्न...

५ घण्टा लामो छलफलमा अर्थमन्त्रीसँग उद्योगीले के के भने ?

मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनको छलफल भन्दै...

 हिमाल डेन्टल हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले...

पहिलोपटक जापान जाँदै ‘गोल्डस्टार’ जुत्ता

नेपालको अग्रणी फुटवेयर ब्राण्ड ‘गोल्डस्टार’ अब जापानमा निर्यात हुने...

आज पनि सस्तियो सुन

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार...
spot_img