Friday, May 8, 2026
spot_img
spot_img

एनएलजी इन्स्योरेन्सको ३ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

spot_img
spot_img

एनएलजी इन्स्योरेन्स कम्पनीले आज माघ २० गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको छ। कम्पनीले हकप्रदमा अवितरित सस्न्थापक समूहको २९ हजार ९ सय ७७ दशमलव ३१ कित्ता शेयर र सर्वसाधारण समुहको २ लाख ९० हजार ५ सय ५५ दशमलव ९१ कित्ता शेयर गरि कुल ३ लाख २० हजार  ५ सय ३३ दशमलव २२ कित्ता शेयर लिलाममा ल्याएको हो ।

यस लिलामी प्रक्रियाको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ। यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।

लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक शेयरको हकमा न्युनतम १ हजार कित्ता र सर्वसाधारण शेयरको हकमा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । संस्थापक शेयरको हकमा आवेदन दिनको लागि नेपाल बीमा प्राधिकरणले संस्थापक शेयरधनी हुनको लागि योग्य रहेको कागजात पेश गर्नु पर्ने छ।

काठमाडौँ भित्र लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै लक्ष्मी सनराइज बैंकको विराटनगर, बिरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले मङ्सिर ११ गतेदेखि पुस १६ गतेसम्म हाल कायम चुक्ता पूँजीको १०:६.२५६ को अनुपातमा ६२.५६ प्रतिशतले हुन आउने ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। हकप्रदमा रितपुर्वक आवेदन दिने शेयरधनीलाई ९३ लाख १० हजार ६ सय ८७ कित्ता शेयर बाँडफाँड गरिएको जनाएको छ । अब बिक्री नभएको शेयर लिलाममा आएको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img