अपि पावर कम्पनीले लाभांश संशोधन गरेर साधारणसभा आह्वान गरेको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लभांश घोषणा गरेकोमा त्यसलाई संशोधन गर्दै ५ प्रतिशत नगद लाभांश र ०.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने घोषणा गरेको छ ।
यसअघि घोषणा गरिएको लाभांश विद्युत नियमन आयोगले वितरण गर्न नमिल्ने भनेपछि कम्पनीले कार्तिक १ गते बोलाएको साधारणसभा पनि स्थगित गरेको थियो । लाभांश संशोधन गरेपछि कम्पनीले असोज १८ गतेको सञ्चालक समितिको बैठकमार्फत कार्तिक ११ गतेका लागि वार्षिक साधारणसभाको नयाँ मिति तय गरेको छ ।
सञ्चालक समितिको सोही बैठकले बाँकी रहेको ४.२५०३ प्रतिशत मुनाफा जगेडा कोषामा राख्ने निर्णय समेत गरेको छ ।
लाभांश प्रयोजनका लागि कम्पनीले कार्तिक २ गते बुक क्लोज मिति तय गरेको छ । कार्तिक १ गतेसम्म कायम सेयर धनीले साधारणसभाबाट पारित भएपछि कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।









