Tuesday, August 18, 2026
spot_img

सिटिजन्स क्यापिटलको साधारणसभा आह्वान, १५.५० प्रतिशत लाभांश प्रस्ताव

spot_img

सिटिजन्स क्यापिटल लिमिटेडले साधारणसभा आह्वान गरेको छ। क्यापिटलले भदौ १७ गते आर्थिक वर्ष २०८०/८१ को साधारणसभा आह्वान गरेको हो ।

क्यापिटलको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिसहत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यस्ता छन् क्यापिटलको सभामा पेश हुने प्रस्तावहरु : 

१. आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको कम्पनीको वासलात र मिति २०८०/०४/०१ देखि २०८१/०३/३१ सम्मको नाफा नोक्सानीको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।

३. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५/५० प्रतिशतका दरले हुन आउने रकम रु. ३,१०,००,०००/- (अक्षरेपी तीन करोड र दस लाख मात्र) नगद लाभांश (लाभांश कर समेत ) वितरण गर्न स्वीकृत गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व २०८१/८२ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. यस कम्पनीको नियमावली अनुसार गरिएको संचालक नियुक्ति अनुमोदन गर्ने ।

विशेष प्रस्ताव
१. संचालक समितिले प्रस्ताव गरे बमोजिम संचालकहरुको बैठक भत्ता वृद्धि गर्ने ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img