Tuesday, August 4, 2026
spot_img

साझा पावर कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

spot_img

साझा पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा आज होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिको अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ ।

त्यसै सभाले लेखा परीक्षण प्रतिवेदन सहितको आषाढ ३२, २०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्नुको साथै निजको पारिश्रमिक समेत तोकेको छ ।

सभाले तल्लो बलेफी जलविद्युत आयोजनाको लागि कुल ३०५.९८ करोड बराबरको अल्पकालिन तथा दीर्घकालिन ऋण अनुमोदन गर्ने, कम्पनीको उद्देश्य अनुरुप कार्य गर्दा कम्पनीको नाममा आवश्यक चल/अचल सम्पत्ति आवश्यकता अनुसार खरिद तथा बिक्री गर्ने अख्तियारी दिने, तल्लो बलेफी जलविद्युत आयोजनाको लागि संचालक समितिबाट प्रस्ताव गरिएको बिष्फोटक पदार्थ, सिभिल, टनेल तथा इलेक्ट्रोेमेकानिकल सम्झौताहरु अनुमोदन गरेको छ ।

यो आयोजना २४ महिनाभित्र पुरा गर्ने लक्ष्यको साथ तिव्र गतिमा काम भैरहेको कम्पनीले जनाएको छ । यस आयोजनामा रिडी पावर कम्पनीको ५५ प्रतिशत लगानी रहेको छ ।

त्यसै गरी सभाले शेयर खरिद विक्री लगायतका कम्पनीका कुनै पनि कार्यको लागि विद्युत नियमन आयोग लगायत अन्य निकायहरुसँग स्वीकृत लिनु पर्ने खण्डमा उक्त कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने र कम्पनीको बार्षिक साधारण सभाबाट पारित निर्णयहरु कार्यान्वयन गर्ने सम्बन्धमा कुनै कानूनी त्रुटी भए प्रवन्धपत्र नियमावलीमा संशोधन लगायत अन्य कार्यहरुको लागि संचालक समितिलाई बाधा अड्काउ फुकाउको अख्तियारी दिने प्रस्ताव समेत पारित भएको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी...

नबिल बैंकको ‘एजुकेशन हब’ सञ्चालनमा, के के दिन्छ सेवा?

नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’...

सुनको भाउ घट्यो, चाँदी महँगियो

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ५१ करोड, ईपीएस २३.०६ रुपैयाँ

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

शाइन रेसुङ्गाले ‘बेस्ट बैंक’सहित पायो ३ वटा अवार्ड

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड...

८२ प्रतिशतले बढ्यो शाइन रेसुङ्गाको खुदनाफा, ईपीएस २३.५२ रुपैयाँ

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img