मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले पुस ३० गते हुन लागेको आगामी साधारणसभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले साधारणसभाको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।












