Thursday, August 6, 2026
spot_img

नेप्सेले बोलायो साधारणसभा, यस वर्ष ८५ प्रतिशत लाभांश दिने

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते साधारणसभा गर्ने भएको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । नेप्सेले आर्थिक्व वर्ष २०८१/८२ को लागि ८५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ । सरकारले स्वीकृति दिएपछि र साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने छ।

हाल नेप्सेको चुक्ता पुंजी १ अर्ब रहेको छ भने नेप्सेले ८५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्ता छन् नेप्सेको साधारणसभामा पेश हुने प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले ४४औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. आर्थिक वर्ष २०८१ / ८२ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान तथा अन्य आयको विवरण, इक्विटिमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्ने ।

३. आर्थिक वर्ष २०८२/८३ को लागि महालेखा परीक्षकको कार्यालयबाट परामर्श प्राप्त हुने लेखापरीक्षकलाई यस लि. को लेखापरीक्षकमा नियुक्ति गर्ने तथा निजको पारिश्रमिक र सेवा, शर्त तोक्ने ।

४. सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप नेप्सेको चुक्ता पुँजी रु एक अर्बको ८५ प्रतिशतका दरले हुन आउने रकम रु.८५,००,००,०००/- (पचासी करोड रुपैयाँ) नगद लाभांश (नियमानुसार लाग्ने कर सहित) वितरण गर्न स्वीकृति प्रदान गर्ने।

५.विविध |

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह नियुक्त

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह...
spot_img