सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आ.व. २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाखको २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारण सभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्।













