सिडिएससी एण्ड क्लियरिंग लिमिटेडले साधरणसभा आह्वान गरेको छ। कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको हो।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व.२०८१/८२ को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखा परिक्षकको प्रतिवेदन सहित वासलात, नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची माथि छलफल गरि पारित गर्ने, तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ को लेखापरिक्षण गर्न महालेखापरिक्षकको कार्यालयको सिफारिस मुताबिक लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पेश हुने छन् ।









