आईपीओको पाईपलाइनमा रहेको सोलार फार्म लिमिटेडले ४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट बोनस र नगद लाभांश गरि ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले पुस २१ गते साधारणसभा आह्वान गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
यस कम्पनीले आईपीओ निष्काशन अनुमतिको माग गर्दै गत वैशाख ७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले १९ करोड २८ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको १९ लाख २८ हजार ५ सय ७२ कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले तनहुँमा ५ मेगावाट क्षमताको बेल चौतारा सोलार आयोजना निर्माण सम्पन्न गरि २०७८ कार्तिकदेखि विद्युत बिक्री गरिरहेको छ। यस कम्पनीमा डोल्मा इम्प्याक्ट फण्डको सबैभन्दा धेरै ४४.९४ प्रतिशत शेयर रहेको छ । कम्पनीका प्रबन्धक संचालक लेखनाथ पाण्डे हुन् ।









