नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस १९ गते साधारणसभा आह्वान गरेको हो।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१÷०८२ का लागि ५ प्रतिशत बोनस सेयर र १६.०५ नगद लाभांश गरि कुल २१.०५ वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।













