ब्रोकर नम्बर २९ अर्थात त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड पब्लिक कम्पनीबाट प्राइभेट कम्पनीमा रुपान्तरण हुने भएको छ। कम्पनीले पुस १३ गते बोलाएको साधारणसभाको विशेष प्रस्तावमा कम्पनीलाई पब्लिकबाट प्रालिमा रुपान्तरण गर्ने प्रस्ताव पेश हुने भएको हो।
कम्पनीको ऐनको दफा १४ मा पब्लिक कम्पनी प्राइभेटमा रुपान्तरण हुन सक्ने व्यवस्था छ। सोहि अनुसार कम्पनी प्राइभेटमा रुपान्तरण हुन लागेको हो ।
यस कम्पनीको मुख्य कार्यालय पुतलीसडकमा रहेको छ ।









