Sunday, May 3, 2026
spot_img
spot_img

आशा लघुवित्तको साधारणसभा आह्वान, मर्जर प्रस्ताव पनि समावेश

spot_img
spot_img

आशा लघुवित्तले साधारणसभा आह्वान गरेको छ। लघुवित्तले पुस ४ गते शुक्रबार धुलिखेलको होटेल अरनिको होटेलमा साधारणसभा बोलाएको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्तको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले विशेष प्रस्ताव अन्तर्गत मर्जर समबन्धि प्रस्ताव पनि लैजाने भएको छ। जस अनुसार सभामा संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्वन्धी प्रक्रिया अगाडि वढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ । साथै संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन ( Due Diligence Audit) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश हुने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img