आशा लघुवित्तले साधारणसभा आह्वान गरेको छ। लघुवित्तले पुस ४ गते शुक्रबार धुलिखेलको होटेल अरनिको होटेलमा साधारणसभा बोलाएको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
लघुवित्तको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले विशेष प्रस्ताव अन्तर्गत मर्जर समबन्धि प्रस्ताव पनि लैजाने भएको छ। जस अनुसार सभामा संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्वन्धी प्रक्रिया अगाडि वढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ । साथै संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन ( Due Diligence Audit) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ।
त्यस्तै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश हुने छ।











