Saturday, June 20, 2026
spot_img

आरएसडिसी लघुवित्तको साधारणसभा आह्वान, मर्जर प्रस्ताव पनि समावेश

spot_img
spot_img

आरएसडिसी लघुवित्तले साधारणसभा आह्वान गरेको छ। लघुवित्तले मङ्सिर १२ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

लघुवित्तको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख रहेको छ। लघुवित्तको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

लघुवित्तले उपयुक्त लघुवित्त संस्थासंग गाभ्ने गाभिने, तथा यसबारे निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक २४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८२ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण र ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई रकम रु.८,२७,२५,१५३।३६ (अक्षरेपि आठ करोड सत्ताईस लाख पच्चिस हजार एक सय त्रिपन्न रुपैंया र पैसा छत्तीस मात्र) (अर्थात चुक्ता पूँजीको ८ प्रतिशत) न लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।

४. आर्थिक वर्ष २०८२ / ८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने । (कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक श्री पि. एल. आर. जि. एसोसिएट्स चार्टर्ड एकाउण्टेण्ट्स पुनः नियुक्त हुन योग्य रहेको) ।

विशेष प्रस्ताव
१. यस वित्तीय संस्था अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सो समितिले गरेको कार्य अनुमोदन गर्न, नयाँ मर्जर समिति गठन गर्न, मर्जर तथा प्राप्तिको सन्दर्भमा DDA नियुक्ती गर्न, निजको पारिश्रमिक तोक्ने लगायतका प्रक्रिया अवलम्बन गरी उपयुक्त संस्थालाई एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img