Saturday, June 20, 2026
spot_img

एनएमबि लघुवित्तको साधारणसभा आह्वान: शेयर संरचना फेर्ने, मर्जरको बाटो खोल्ने

spot_img
spot_img

एनएमबि लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार ३२ गतेको लागि साधारणसभा आह्वान गरेको हो।

कम्पनीले साधारणसभाको लागि असार २४  गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असार २३  गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको सभामा विशेष प्रस्ताव अन्तर्गत शेयर स्वामित्व परिवर्तन गर्ने, मर्जरको लागि अख्तियारी लिने लगायतका प्रस्ताव पेश हुने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०८० / ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, आ.व. २०८०/०८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०८१/ ०८२ को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।

विशेष प्रस्ताव

१. संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन गरि ५१ प्रतिशत कायम गर्ने सम्बन्धी प्रवन्धपत्रको दफा ६ (ङ) तथा सर्वसाधारण तर्फको शेयर स्वामित्व परिवर्तन गरि ४९ प्रतिशत कायम गर्ने सम्बन्धी प्रवन्धपत्रको दफा ६(च) तथा संस्थापक समूह अर्न्तगत मनोनित / निर्वाचित हुने सञ्चालकको संख्या सम्वन्धी नियमावलीको ३१ (क) संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

२. सञ्चालक समितिको गठन, संख्या र कार्यकाल सम्बन्धी संस्थाको नियमावलीको नियम २७ (२) संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

३. यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति (Merger / Acquisition) सम्बन्धी प्रकृया अगाडी बढाउन उपयूक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने सम्बन्धमा ।

४. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन संचालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img