Thursday, May 7, 2026
spot_img
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा आह्वान, हकप्रद अनुपात घटाउँदै

spot_img
spot_img

युनाइटेड अजोड  इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार ३० गतेको लागि साधारणसभा आह्वान गरेको हो।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आ.ब. २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३  प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

कम्पनीले साधारणसभाको लागि असार १९  गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असार १८  गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीको साधारणसभाको विशेष प्रस्तावमा हकप्रद अनुपात घटाउने प्रस्ताव पेश हुने छ। कम्पनीको २०८१ जेठ ३१ गते सम्पन्न विशेष साधारणसभाले १५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो। तर अब आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी बढ्ने भएकोले अब १० प्रतिशत हकप्रद मात्र निष्काशन गर्ने प्रस्ताव कम्पनीले सभामा लैजान लागेको हो । १० प्रतिशत बोनस र १० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब ५४ करोड १० लाख पुग्ने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img