Thursday, March 12, 2026

ओम मेगाश्रीको साधारणसभा सम्पन्न, दुई संचालक निर्विरोध निर्वाचित

spot_img
spot_img

ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडको नवौं साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा चितवनको भरतपुरमा असार ६ गते शुक्रबार साधारणसभा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष श्रेष्ठले प्रतिस्पर्धात्मक औषधि बजारमा स्वदेशी उत्पादन, गुणस्तरीय सेवा र नवप्रवर्तनमा आधारित रणनीतिका साथ अघि बढिरहेको जानकारी दिए। बजारको आवश्यकता परिपूर्ति एवम् उद्योगको थप आय वृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले कार्डियो-डाइबेटिक, जेनरल प्रोक्ट्सका साथै भेटनरी र आइ- इयर ड्रपको काममा समेत विशेष योजनासहित लागिरहेको उनले उल्लेख गरे । यसैअनुरुप भेटनरी भवन निर्माण सम्पन्न हुने क्रममा रहेको र छिट्टै सो भवनबाट भेटसम्बन्धी उत्पादनलाई बजारीकरण गरिने उनले जानकारी दिए।

साधारणसभामा सर्वसाधारण शेयरधनीका तर्फबाट बोल्दै राजेन्द्र खरेलले नेपाली स्वास्थ्य एवम् औषधि क्षेत्रमा कम्पनीको विशेष योगदान रहेको र कम्पनीले राष्ट्रका लागि नयाँ सोचका साथ काम गरेको हुँदा यसमा लगानी गर्नु राम्रो अवसर भएको बताए।

साधारणसभामा भरतपुर महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठसहितको टिमले वडा र स्थानीय जनतालाई लगाएको गुन सम्मानयोग्य भएको बताए । गुरुङले ओम मेगाश्री फर्मास्युटिकल्सको स्थापनाले वडा र त्यस क्षेत्रका सडक, खानेपानी, विद्युत्का साथै स्थानीय जनतालाई रोजगारीमा समेत आबद्ध गरी विशेष टेवा पुर्‍याएको बताए। एक व्यक्ति र उसले देखेको सपनाले यति धेरै काम गर्न सक्ने भएकोले सबैले यसरी नै काम गर्ने हो भने देश समृद्ध हुन समय नलाग्ने उनले उल्लेख गरे।

साधारणसभामा प्रभु बैङ्क बागमती प्रदेश प्रमुख साङ्ग्रिला श्रेष्ठ, प्रभु क्यापिटल लिमिटेडका चिफ बिजनेश अफिसर वासु थपलिया, कम्पनीका संस्थापक निर्देशक एवम् सञ्चालक द्वय कमल पन्थी, अर्जुन प्रसाद काफ्ले लगायतले मन्तव्य राखेका थिए ।

कम्पनी सचिव जानकी किरण श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक नेत्रनाथ पौडेलले स्वागत मन्तव्य राखेका थिए । सभामा कम्पनीका कानुनी सल्लाहकार अधिवक्ता धर्मराज खनालले कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ र उनको टिमले गरेको कामलाई केही समयअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालित लायन्सको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुक्तकण्ठले प्रशंसा गरेको उल्लेख गर्दै राष्ट्रले चाहेको र खोजेको समृद्धिको ज्वलन्त उदाहरण ओम मेगाश्री र सोको नेतृत्वकर्ता अर्जुन श्रेष्ठ जस्तो भएको बताए ।

साधारणसभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, र लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आ.व. २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूसहितको वित्तीय विवरण पारित गरेको छ। त्यस्तै सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व. २०७१/०८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने , संचालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्ने र वार्षिक साधारण सभाले गरेको संशोधनको सम्बन्धमा नियामक निकायबाट कुनै संशोधन वा हेरफेर गर्न निर्देशन दिएको खण्डमा सोबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

सर्वसाधारण समूहबाट नव निर्वाचित संचालक
सर्वसाधारण समूहबाट नव निर्वाचित संचालक

साधारणसभाले सर्वसाधारण समूहबाट चिराग अग्रवाल र रुबिना श्रेष्ठलाई निर्विरोध रुपमा संचालक निर्वाचित गरेको छ । कम्पनीका अनुसार सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुका लागि निर्वाचन गर्नुपर्नेमा २ वटा मात्र उम्मेदवारी परेका कारण चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्। कार्यक्रममा निर्वाचन अधिकृत अधिवक्ता चक्रबहादुर थापाले निर्वाचित सर्वसाधारण समूहका सञ्चालकद्वयलाई प्रमाणपत्र प्रदान गर्दै सञ्चालक सपथ समेत गराएका थिए।

ओम मेगाश्री नेपालको पुँजीबजारमा सूचीकृत एकमात्र औषधि उत्पादक कम्पनी हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्न थाल्यो तापक्रम, काठमाडौँ मै २५.४ डिग्रीसम्म पुग्यो

राजधानी काठमाडौँ सहित देशका विभिन्न शहरको तापक्रम बढ्न थालेको...

अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका...

नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोलु हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

फिच रेटिङले भन्यो ‘रास्वपा सरकार बनेपछि लगानी वातावरण थप अनुकूल बन्नसक्छ’

फिच रेटिङ्सले नेपालको हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र...

फेक ‘रेस्क्यु’मा संलग्न थप एक जना पक्राउ

 नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न थप एक जनालाई पक्राउ...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका, एक्सचेन्ज क्याम्प सुरु

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी का...
spot_img