दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको वैशाख २८ गते बसेको संचालक समितिको बैठकले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।
कम्पनीले आगामी साधारणसभामा हकप्रद प्रस्ताव लैजाने भएको छ। कम्पनीले जेठ २२ गते एक साथ दुई आर्थिक वर्षको साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
१. आर्थिक वर्ष आ.व. २०७९ / २०८० र आ.व. २०८० / २०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।
२. लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०७९ / २०८० र आ.व. २०८० / २०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने ।
३. कम्पनी आर्थिक वर्ष २०८० / ०८१ को लागि कम्पनी ऐन, २०६३ को दफा ११३ अनुसार कम्पनी रजिष्ट्रार कार्यालयबाट नियुक्त लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने सम्वन्धमा ।
४. आर्थिक वर्ष २०८१/०८२ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।
५. सञ्चालक समितिमा रिक्त रहेको संचालक र स्वतन्त्र संचालकको नियुक्ती तथा अनुमोदन सम्बन्धमा ।
विशेष प्रस्तावहरु
१. कम्पनीको चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्काशन (Right Share Issue) गर्ने र सो सम्बन्धमा सम्पुर्ण कार्य गर्न गराउन संचालक समितीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
२. कम्पनीको हकप्रद शेयर निष्काशन (Right Share Issue) गर्दा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्वन्धमा ।
३. कम्पनीको संघियता बमोजिमको रजिष्ट्रर्ड कार्यालय परिवर्तन गर्न प्रवन्धपत्रको दफा २ र नियमावलीको नियम २ मा संशोधन गर्ने सम्वन्धमा ।
४. कम्पनीले समान उद्देश्य भएका अन्य इच्छुक कम्पनीसंग मर्जर / प्राप्ती सम्वन्धी सम्झौता गर्ने र उक्त कार्यका लागि संचालक समितीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
५. कम्पनीको हकप्रद शेयर निष्काशन (Right Share Issue) संग सम्बन्धीत कम्पनीको प्रवन्धपत्र र नियमावली तथा अन्य कानुनी संशोधन सम्वन्धित निकायहरुबाट कुनै संशोधन, फेरवदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न संचालक समितीलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।













