Thursday, May 7, 2026
spot_img
spot_img

नेको इन्स्योरेन्सले साधारणसभा आह्वान, यस्ता छन् ६ प्रस्ताव

spot_img
spot_img

नेको इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ ९ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। वैशाख २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु हुने आ.व. २०८०।०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।

२. आ.ब. २०८०।०८१ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।

३. कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।

४. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम आ.व. २०८०/०८१ को नाफा नोक्सान हिसाबबाट चुक्ता पूँजीको ०.३६८४% नगद लाभांश (कर प्रयोजनको लागि) रु.९२,६६,९२१ । पारित गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव
१. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम आ.ब. २०८०/०८१ को नाफा नोक्सान हिसावबाट रु.१७,६०,८१,५५४ (७% अर्थात् प्रत्येक १०० कित्ता बराबर ७ कित्ता) बोनश शेयर जारी गर्ने सम्बन्धमा (बोनश शेयर जारी गर्दा आउने खण्डित शेयरलाई पछि मिलान गर्ने गरी कम्पनीको हिसावमा राख्ने ।

२. निम्न विषयका सम्बन्धमा प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धि सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।

(अ) विशेष प्रस्ताव नं. १ बमोजिम जारी गरिने बोनस शेयरको हदसम्म जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्ने सम्बन्धमा ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img