Saturday, June 20, 2026
spot_img

हकप्रद पारित गर्न गार्डियन माइक्रो लाइफले बोलायो साधारणसभा, यस्ता छन् ४ प्रस्ताव

spot_img
spot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले वैशाख ५ गते विशेष साधारणसभा बोलाएको हो ।

कम्पनीको सभामा हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले यही चैत २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले कम्पनीको सो विशेष साधारणसभामा सहभागी हुन पाउने छन् ।

यस्ता छन् कम्पनीको विशेष सभामा पेश हुने प्रस्तावहरु :

१. कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।

२. कम्पनीको हाल चुक्ता पुँजी रु.७५,००,००,०००/- को १ : १ का दरले (१०० प्रतिशत) हकप्रद शेयर जारी गरी रु.१,५०,००,००,०००/- पुऱ्याउने विशेष प्रस्ताव पारित गर्ने ।

३. कम्पनीको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने ।

४. कम्पनीको पुँजी वृद्धि, हकप्रद शेयर जारी गर्ने सम्वन्धी सम्पुर्ण प्रक्रिया अगाडी बढाउन तथा प्रबन्धपत्र संसोधन सम्वन्धी सम्पुर्ण कार्य गर्न नियमनकारी निकायहरुले दिएको निर्देशन बमोजिमको आवश्यक कागजात बनाउन, फेर थपघट गर्न, कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img