Saturday, April 19, 2025
spot_img

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज अनमोल क्याटरिङ सर्भिस शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनी संचालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको अनुसुचिहरु उपर छलफल गरी पारित गर्ने र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने सामान्य प्रस्ताव पारित गरेको छ ।

त्यसै गरीसभाले नियमावलीको नियम ३२ (ग) मा शंसोधन गर्ने र यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त संस्थाहरुलाई गाभ्ने/गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाले चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङकन गर्न मान्यता प्राप्त मूल्याङकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/ गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभामा शेयरधनीले उठाएको प्रश्नमाथि संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले जवाफ दिदै भोलीका दिनमा शेयरधनीलाई उच्च प्रतिफल दिने गरी कम्पनीका संचालक र व्यवस्थापन अघि बढेको बताएका छन् । त्यसै गरी सभालाई सांसद जुली कुमारी महतोले संस्थाको उन्नती र प्रगति कामनासहित शुभकामना व्यक्त गरेकी थिइन् ।

सभाका प्रमुख अथिति तुलसी थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्त वित्तीय संस्था एक आपसमा सहकार्य गरी भोलीका दिनमा संस्थालाई अगाडि बढाउन सुझाव दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img