मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, विशेष साधारणसभा आह्वान

spot_img

मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनसंग समबन्धित प्रस्तावहरु पारित गर्नको लागि चैत्र २३ गते विशेष साधारणसभा बोलाएको छ।

कम्पनीको विशेष सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, अंकित मूल्य परिवर्तन गरी आईपीओ जारी गर्ने, आईपीओबाट संकलित पुंजीको उपयोगबारे निर्णय गर्ने, प्रबन्धपत्र र नियमावलीमा थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव पेश हुने छन् ।

कम्पनीले चाबहिलमा रहेको हस्पिटलबाट विभिन्न स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

क) प्रबन्ध पत्रको दफा ७ (क) मा भएको व्यवस्था संशोधन गर्ने सम्बन्धमा ।

ख) प्रबन्ध पत्रको दफा ७ (ख) मा भएको व्यवस्था संशोधन गर्ने सम्बन्धमा ।

ग) प्रबन्ध पत्रको दफा ७(ग) मा भएको व्यवस्था संशोधन गर्ने सम्बन्धमा ।

घ) कम्पनीको नियमावलीको नियम ७ (क) मा भएको व्यवस्था संशोधन गर्ने सम्बन्धमा ।

ङ) कम्पनीको नियमावलीको नियम ७(ख) मा भएको व्यवस्था संशोधन गर्ने सम्बन्धमा

च) कम्पनीको नियमावलीको नियम ७ (ग) मा भएको व्यवस्था संशोधन गर्ने सम्बन्धमा ।

छ) कम्पनी ऐन, २०६३ को दफा ८६ (३) अनुसार स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने सम्बन्धमा ।

ज) कम्पनी ऐनको दफा ५६ (२) बमोजिम अंकित मूल्य परिवर्तन गर्ने सम्बन्धमा ।

(झ) कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रबन्ध पत्रको दफा ७ (क), (ख), ७(ग) र नियमावलीको नियम ७(क), ७ (ख), (ग) मा परिवर्तन भए पश्चात सर्वसाधारणमा शेयर जारी गर्ने सम्बन्धमा ।

ञ) सर्वसाधारणमा शेयर जारी गरे पश्चात प्राप्त हुने पूँजीको उपयोग गर्ने सम्बन्धमा ।

ट) उपरोक्त वमोजिम पारित प्रस्तावहरु स्वीकृतीको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...