Friday, May 8, 2026
spot_img
spot_img

सानिमा जिआईसी इन्स्योरेन्सले बोलायो साधारणसभा, घटायो हकप्रद अनुपात

spot_img
spot_img

सानिमा जिआईसी इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २१ गते साधारणसभा बोलाएको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरि कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब  रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

(क) सामान्य प्रस्ताव :

(१) कम्पनीको सातौ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०८० / ०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
(२) कम्पनीको लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०८० / ०८१ आषाढ मसान्तको वासलात, मिति २०८०।०४।०१ गते देखि २०८१।०३।३१ गते सम्मको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।
(३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१ / ०८२ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

( ४ ) संचालक समितिबाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी रु.२,००,००,००,०००/- मा ०.३९४७ प्रतिशतका दरले नगद लाभांश रु. ७८,९४,७३७/- (अक्षरेपी : अठहत्तर लाख चौरानब्बे हजार सात सय सैतिस मात्र) पारित गर्ने । (प्रस्तावित लाभांश कर प्रयोजनार्थ)

(ख) विशेष प्रस्ताव :

(१) संचालक समितिबाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी रु. २,००,००,००,०००/- मा ७५ प्रतिशतका दरले रु. १५,००,००,०००/- (अक्षरेपी पन्ध्र करोड मात्र) को बोनश शेयर पारित गर्ने । त्यसरी बोनश शेयर पारित गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखी नजिकको पुरा अंक कायम गर्ने । बोनश शेयर जारी गर्दा जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावली संशोधन गर्ने ।

(२) छैठौ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरि १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने ।

(३) कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आ.व. २०८० / ०८१ मा भएको खर्चको अनुमोदन गर्ने ।

( ४ ) सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको बैठक भत्ता संशोधन गर्ने ।

(५) प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अधिकार प्रत्यायोजन गर्ने । संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृती गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो बमोजिम संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img