Friday, May 8, 2026
spot_img
spot_img

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न

spot_img
spot_img
आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २७औँ बार्षिक साधारण सभा आज फाल्गुण २५ गते आइतबार  सम्पन्न भएको छ।  साधारण सभाले कम्पनीले आर्थिक बर्ष २०८०।०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक बर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने रकम रु.२९ करोड ४९ लाख ६१ हजार ५ सय ३० रुपैयाँ (कर प्रयोजनार्थ सहित) नगद लाभांश पारित गरेको छ ।
साधारणसभाले सभामा पेश भएका अन्य सबै प्रस्ताव पनि पारित गरेको छ । साधारण सभामा अध्यक्ष हेमराज ढकालले  कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिना भित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामी बर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको र सोलाई क्रमश व्यवस्था गर्दै लगिने बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २७औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र सहकर्मी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए। यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गरे । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको जानकारी गराए  ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img