हिमालयन एभरेष्ट इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन २७ गते साधारणसभा आह्वान गरेको हो।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८.७५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ५० करोड रहेको छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:
(१) ३१औं वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०|०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
(२) कम्पनीको आर्थिक वर्ष २०८०।०८१ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्यूटीमा भएको परिवर्तन र तत्सम्बन्धी अनुसूचीहरु पारित गर्ने ।
(३) संचालक समितिको सिफारिस बमोजिम चुक्ता पूँजी रु.२,५०,०१,५७,४००/- को ८.७५ प्रतिशतका दरले रु.२१,८७,६३,७७३/- (एक्काईस करोड सतासी लाख त्रिसठ्ठी हजार सात सय त्रिहत्तर मात्र ) लाभांसमा लाग्ने कर समेतको लागि नगद लाभांस प्रस्ताव पारित गर्ने ।
(४) आर्थिक वर्ष २०८१ २०८२ को लागि लेखापरीक्षको नियुक्ती र निजको पारिश्रमिक लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम अनुमोदन गर्ने ।
(५) विविध ।













