Friday, May 8, 2026
spot_img
spot_img

आईजिआई प्रुडेन्शियल इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

spot_img
spot_img

आईजिआई प्रुडेन्शियल इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन २५ गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १२ गते गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  फागुन ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव:

(१) संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने कम्पनीको आ.ब. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) आ.ब. २०८० / ०८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरू पारित गर्ने ।

(३) आ.ब. २०८१ / ०८२ को लेखापरीक्षण गर्नको लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने (हालको लेखापरिक्षक MRU Associates पुनः नियुक्त हुन सक्ने) सम्बन्धमा । (४) स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा ।

(५) कम्पनीको हाल कायम चुक्ता पूंजी ३,०२,९३, ३४,६३९।२० (अक्षरेपी तीन अरब दुई करोड त्रियानब्य लाख चौतिस हजार छ सय उनान्चालिस रूपैया पैसा बीस मात्र) को ९.७३६८ प्रतिशतका दरले हुन आउने रू. २९,४९,६१,५३०।७० (अक्षरेपी उनन्तीस करोड उनान्पचास लाख एकसठ्ठी हजार पाँच सय तीस रूपैया पैसा सत्तरी मात्र) (कर प्रयोजनार्थ सहित) नगद लाभांश वितरण गर्ने सम्बन्धमा ।

विशेष प्रस्तावहरु:
(१) कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(२) कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img