Friday, March 20, 2026
spot_img

पुँजी बजारमा देखिएका समस्या समाधान गर्न आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

spot_img
spot_img

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२ औ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री प्रचण्डले वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाउन पुँजी बजारमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका हुन्।

यसका लागि सरकारले विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरूको क्रमशः कार्यान्वयन गरिरहेको उनको भनाई छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले उत्पादनशील, रोजगारमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समिष्टगत आर्थिक स्थायित्व कायम गर्न पुँजी बजारको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। व्यावसायिक वातावरणको निर्माण गरी उद्योगी व्यवसायीहरूको मनोवल बढाउन, छरिएर रहेका साना पुँजी एकत्रित गरी ठुला परियोजना कार्यान्वयन गर्न एवम् बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको उनले उल्लेख गरेका छन् ।  लगानीमैत्री वातावरणको निर्माण गरी लगानी आकर्षण गर्न सम्बद्ध कानूनहरूमा समयानुकुल परिमार्जन गरिएको पनि प्रचण्डले बताएका छन्।

धितोपत्र बोर्डले प्रभावकारी रूपमा वित्तीय स्रोतको परिचालनमार्फत् आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिमा सहयोग पुग्ने गरी आफ्ना गतिविधिहरूलाई अगाडि बढाउने अपेक्षा प्रचण्डले ब्यक्त गरेका छन्।

उनले नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२औं वर्षमा प्रवेश गरेको अवसरमा बोर्ड पदाधिकारी, धितोपत्र बजार तथा व्यवसायी, सूचीकृत कम्पनी लगानीकर्ता लगायत सम्पूर्ण सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बुद्धभूमि नेपाल हाइड्रोले चैत्र २२ गतेदेखि हकप्रद निष्काशन गर्ने

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र २२ गतेदेखि हकप्रद...

साधारणसभामा मर्जरको प्रस्ताव लैजाँदै उन्नति सहकार्य लघुवित्त, पुँजी संरचना पनि परिवर्तन गर्ने

उन्नति सहकार्य लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

नयाँ निर्वाचित सांसदहरुको सपथ बिहीबार दिउँसो २ बजे, १२ बजे भित्र उपस्थिति हुनु पर्ने

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित...

आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली...

बालेनले १३ गते प्रधानमन्त्रीको रुपमा शपथ लिने

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत्र १३...

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

वर्ल्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसीले कोका-कोला बेभरेजेज...
spot_img