शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज मङ्सिर २६ गते आफ्नो वार्षिक साधारणसभा गर्दै छ। कम्पनीको सभामा रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सि.के प्रा.लि मा दिउँसो १२:३० बजे बस्दैछ।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। मङ्सिर मंसिर ११ गतेसम्म कायम सेशेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।













