आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष (२०८०/८१) को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ३६.४७ प्रतिशतले बढेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्षको लघुवित्तको खुद नाफा बढेर १४ करोड ६६ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ। यसबाट कम्पनीले १०.८७ प्रतिशत लाभांश दिन सक्छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी पनि ३ रुपैयाँ १७ पैसाबाट बढेर १५ रुपैयाँ ५३ पैसा पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५० पैसा रहेको छ।
कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख रहेको छ। कम्पनीको खराब कर्जा ०.१९ प्रतिशतबाट बढेर १.०६ प्रतिशत पुगेको छ।