Tuesday, August 18, 2026
spot_img

बैङ्किङ समूह बढेपछि आज पनि शेयरबजारमा दोहोरो अंङ्कको वृद्धि, हाथवेको कारोबार उच्च

spot_img

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २३.२५ अंकले बढेर २१७५.४० को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३२२ कम्पनीका १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता खरिद बिक्रीबाट ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३ सय ९१ रुपैयाँ ५१ पैसाको कारोबार भएको छ। जसमध्ये हाथवे इन्भेष्टमेन्टको सर्वाधिक १५ करोड ८ लाखको कारोबार भएको छ भने जानकी फाइनान्सको १४ करोड ८२ लाख तथा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको ११ करोड ३९ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएकामध्ये बलेफी हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ भने कुमारी बैंकको ऋणपत्रको शेयर मूल्य ८.६६ प्रतिशत बढेको छ । त्यस्तै सिक्लेस हाइड्रोको शेयर मूल्य ८.३२ प्रतिशत तथा सिद्धार्थ बैंकको ऋणपत्रको शेयर मूल्य ८.१३ प्रतिशत बढेको छ।

आज बुद्दभुमि नेपाल हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने समाज लघुवित्तको शेयर मूल्य ९.८८ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये विकास बैंक समूह बाहेकका सबै समूहगत सूचक बढेका छन् । जसमध्ये बैंकिंग समूह सर्वाधिक १.६९ प्रतिशत तथा लघुवित्त समूह १.५४ प्रतिशत बढेको छ । विकास बैंक समूह भने ०.२९ प्रतिशत घटेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img