Saturday, April 26, 2025
spot_img

बैङ्किङ समूह बढेपछि आज पनि शेयरबजारमा दोहोरो अंङ्कको वृद्धि, हाथवेको कारोबार उच्च

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २३.२५ अंकले बढेर २१७५.४० को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३२२ कम्पनीका १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता खरिद बिक्रीबाट ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३ सय ९१ रुपैयाँ ५१ पैसाको कारोबार भएको छ। जसमध्ये हाथवे इन्भेष्टमेन्टको सर्वाधिक १५ करोड ८ लाखको कारोबार भएको छ भने जानकी फाइनान्सको १४ करोड ८२ लाख तथा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको ११ करोड ३९ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएकामध्ये बलेफी हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ भने कुमारी बैंकको ऋणपत्रको शेयर मूल्य ८.६६ प्रतिशत बढेको छ । त्यस्तै सिक्लेस हाइड्रोको शेयर मूल्य ८.३२ प्रतिशत तथा सिद्धार्थ बैंकको ऋणपत्रको शेयर मूल्य ८.१३ प्रतिशत बढेको छ।

आज बुद्दभुमि नेपाल हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने समाज लघुवित्तको शेयर मूल्य ९.८८ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये विकास बैंक समूह बाहेकका सबै समूहगत सूचक बढेका छन् । जसमध्ये बैंकिंग समूह सर्वाधिक १.६९ प्रतिशत तथा लघुवित्त समूह १.५४ प्रतिशत बढेको छ । विकास बैंक समूह भने ०.२९ प्रतिशत घटेको छ।

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छ्याङ्दी हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल...

भू–उपग्रह प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि...

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...

१ खर्बको वैकल्पिक विकास परिचालन विधेयक संसदमा प्रस्तुत

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ...

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि...

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा....
spot_img