Friday, November 14, 2025
spot_img

शेयरबजारमा दोहोरो अंकको वृद्धि, लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण

spot_img

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक १५.७९ अंकले बढेर २१५२.१४ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३१६ कम्पनीका १ करोड १६ लाख ६१ हजार २ सय ८ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ ३१ पैसाको कारोबार भएको छ । जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचर्स एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक १९ करोड ७७ लाखको कारोबार भएको छ भने नेपाल फाइनान्सको १६ करोड २१ लाख तथा जानकी फाइनान्सको १३ करोड ५६ लाखको कारोबार भएको छ ।

आज कारोबारमा अयेका मध्ये गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै बुद्धभुमि नेपाल हाइड्रोको शेयर मूल्य ९.९१ प्रतिशत, युनिक नेपला लघुवित्तको शेयर मूल्य ९.७९ प्रतिशत तथा सबैको लघुवित्तको शेयर मूल्य ९.१५ प्रतिशत बढेको छ।

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य सर्वाधिक ५.४७ प्रतिशत घटेको छ भने नेपाल फाइनान्सको शेयर मूल्य ४ प्रतिशत तथा बोटलर्स नेपाल बालाजुको शेयर मूल्य ३.९० प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये लघुवित्त समूहमा लगानीकर्ताको आकर्षक  देखिएको छ । आज लघुवित्त समूह सर्वाधिक ३.०६ प्रतिशत बढेको छ भने विकास बैंक समुह २.४९ प्रतिशत बढेको छ । आज उत्पादन त्तहा प्रशोधन समुह सर्वाधिक ०.५४ प्रतिशत घटेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img