नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डद्वारा पशुपति रिन्यूएबल्समा लगानी

spot_img

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले पशुपति रिन्यूएबल्स लिमिटेडमा लगानी गरेको छ। नेपालमा नविकरणीय उर्जा प्रबर्दन गर्नको लागि पशुपति रिन्यूएबल्समा लगानी गरिएको फण्डले जनाएको छ ।

पशुपति रिन्यूएबल्सले कपिलवस्तुमा १० मेगावाट क्षमताको धरमनगर सोलार आयोजना १ र १५ मेगावाट क्षमताको धरमनगर सोलार फार्म २ गरि कुल २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादित विद्युतलाई ३३ के.भी. प्रसारण लाईन मार्फत नेपाल विद्युत प्राधिकारणको शिवपुर सब-स्टेशनमा जोडिने छ। पब्लिक कम्पनीको रुपमा रहेको  पशुपति रिन्यूएबल्सले आईपीओ निष्काशनको तयारी पनि गरिरहेको छ ।

सोलार आयोजना किफायती तथा भरपर्दो हुने तथा जलविद्युतको तुलनामा सौर्य ऊर्जा प्लान्टहरूले कम वातावरणीय प्रभाव प्रदान गर्ने भएकोले लगानी गरिएको फण्डले जनाएको छ ।

नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ ।  यस फण्डले उपाय सिटी कार्गो, दिगो इलेक्ट्रिक भेइकल्स, मेवा डेभलपर्स, एबिआई, तत्व फार्म्स , उर्जा इम्याक्ट फण्ड लगायतमा लगानी गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...