Sunday, June 21, 2026
spot_img

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डद्वारा पशुपति रिन्यूएबल्समा लगानी

spot_img
spot_img

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले पशुपति रिन्यूएबल्स लिमिटेडमा लगानी गरेको छ। नेपालमा नविकरणीय उर्जा प्रबर्दन गर्नको लागि पशुपति रिन्यूएबल्समा लगानी गरिएको फण्डले जनाएको छ ।

पशुपति रिन्यूएबल्सले कपिलवस्तुमा १० मेगावाट क्षमताको धरमनगर सोलार आयोजना १ र १५ मेगावाट क्षमताको धरमनगर सोलार फार्म २ गरि कुल २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादित विद्युतलाई ३३ के.भी. प्रसारण लाईन मार्फत नेपाल विद्युत प्राधिकारणको शिवपुर सब-स्टेशनमा जोडिने छ। पब्लिक कम्पनीको रुपमा रहेको  पशुपति रिन्यूएबल्सले आईपीओ निष्काशनको तयारी पनि गरिरहेको छ ।

सोलार आयोजना किफायती तथा भरपर्दो हुने तथा जलविद्युतको तुलनामा सौर्य ऊर्जा प्लान्टहरूले कम वातावरणीय प्रभाव प्रदान गर्ने भएकोले लगानी गरिएको फण्डले जनाएको छ ।

नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ ।  यस फण्डले उपाय सिटी कार्गो, दिगो इलेक्ट्रिक भेइकल्स, मेवा डेभलपर्स, एबिआई, तत्व फार्म्स , उर्जा इम्याक्ट फण्ड लगायतमा लगानी गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...
spot_img