Friday, April 10, 2026
spot_img
spot_img

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल 

spot_img
spot_img
आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।
सम्झौतामा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीको जारी पूँजी रकम रु.१ अर्ब ७८ करोड ५८ लाख को ३० प्रतिशतले  हुन आउने रु.५३ करोड ५७ लाख ४० हजार शेयर पूँजी बराबरको रु.१००/– अंकित दरको ५३,५७,४०० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।
बिशेष गरी चिनिया सामानहरुको थोक व्यापार गर्ने केही व्यापारीहरुको संयुक्त लगानीमा, व्यापार गर्ने क्षेत्रमा आवश्यक न्युनतम सुविधाहरुको कमी हुँदै गएको तथा दिन प्रतिदिन समस्या थपिन थालेकाले बिकल्पहरुको खोजी रुपमा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेड स्थापना भएको हो । विभिन्न खाका अनुसार लगानीको वातावरण बनाएर बैंकसँगको सहकार्यमा कम्पनीले काठमाडौँको बल्खुमा भएको करीब ३६ रोपनी भन्दा बढि जग्गा खरीद गरेको हो । कम्पनीले उक्त जग्गामा कानुनका अधिनमा रहि व्यापारीक भवन निर्माण गरि सकेको छ । उक्त भवनमा जम्मा २,१५२ पसल रहेको छ भने सिभिल तर्फको काममा ८६५ भन्दा बढी सम्पन्न भइसकेको छ । आगामी वर्षहरूमा थप आयोजनाहरूमा समेत लगानी गर्दै जाने कम्पनीले जनाएको छ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...

नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर...

वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरू पहिला सम्पन्न गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप...

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने...

निगमले भन्यो, ‘दैनिक १ लिटर पेट्रोल बचाउनुस्’

नेपाल आयल निगमले सेवाग्राहीहरुलाई इन्धनको बचत गर्न अनुरोध गरेको...
spot_img