Sunday, November 9, 2025
spot_img

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल 

spot_img
आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।
सम्झौतामा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीको जारी पूँजी रकम रु.१ अर्ब ७८ करोड ५८ लाख को ३० प्रतिशतले  हुन आउने रु.५३ करोड ५७ लाख ४० हजार शेयर पूँजी बराबरको रु.१००/– अंकित दरको ५३,५७,४०० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।
बिशेष गरी चिनिया सामानहरुको थोक व्यापार गर्ने केही व्यापारीहरुको संयुक्त लगानीमा, व्यापार गर्ने क्षेत्रमा आवश्यक न्युनतम सुविधाहरुको कमी हुँदै गएको तथा दिन प्रतिदिन समस्या थपिन थालेकाले बिकल्पहरुको खोजी रुपमा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेड स्थापना भएको हो । विभिन्न खाका अनुसार लगानीको वातावरण बनाएर बैंकसँगको सहकार्यमा कम्पनीले काठमाडौँको बल्खुमा भएको करीब ३६ रोपनी भन्दा बढि जग्गा खरीद गरेको हो । कम्पनीले उक्त जग्गामा कानुनका अधिनमा रहि व्यापारीक भवन निर्माण गरि सकेको छ । उक्त भवनमा जम्मा २,१५२ पसल रहेको छ भने सिभिल तर्फको काममा ८६५ भन्दा बढी सम्पन्न भइसकेको छ । आगामी वर्षहरूमा थप आयोजनाहरूमा समेत लगानी गर्दै जाने कम्पनीले जनाएको छ ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...
spot_img
spot_img
spot_img