होटेल एलिस द वन्डर इन लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १३.५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो ।
कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न २०८१ असार १९ गते विशेष विशेष साधारणसभा आह्वान गरेको छ । सभामा हाल कायम चुक्तापुँजी ९ करोडको १३.५ प्रतिशत हकप्रद निष्काशन गर्ने, कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधन आवशक परे संचालक समितिलाई अख्तियार दिने प्रस्ताव पेश हुने छन् ।
हाल यस कम्पनीको चुक्ता पुँजी ९ करोड रहेको छ । यस कम्पनीमा इमर्जिङ नेपाल लिमिटेडको पनि शेयर लगानी रहेको छ ।