Monday, February 10, 2025
spot_img

केहि दिन मै सुरु हुँदैछ युरोकप फुटबल प्रतियोगिता, जर्मनी र स्पेनलाई इतिहास रच्ने अवसर

फुटबलको विश्वकपपछिको सबै भन्दा ठुलो प्रतियोगिता मानिने युरोकप आगामी जुन १४ देखि सुरु हुँदै छ । युरोप महादेशका फुटबल हस्तीहरु भिड्ने यो प्रतियोगिता २०२४ जुन १४ तारिखदेखि २०२४ जुलाई १४ तारिखसम्म जर्मनी हुन लागेको हो।

युरोपेली फुटबल संघ (युएफा)ले आयोजना गर्ने यो प्रतियोगिताको अहिले १७ औ संस्करण हुन लागेको हो। १७ संस्करणको प्रतियोगितामा २४ टिम सहभागी छन् । ५५ टिम सहभागी छनौट प्रतियोगिताबाट मुख्य प्रतियोगिताको लागि २४ टिम छनौट भएका हुन् ।

२४ टिमलाई ६ वटा समुहमा विभाजन गरिएको छ। हरेक समुह ६ वटा देश रहने छन् । समुह चरणमा हरेक टिमले आफ्नो टिममा रहेका अर्को देशसँग समान १-१ खेल खेल्ने छ । सबै टिमले समुह चरणमा ३ खेल खेलेपछि समुह चरणको शिर्ष २ रहने टिम नकआउटमा पुग्ने छन् । तेस्रो स्थानमा रहने ६ टिम मध्ये सर्वाधिक अंकको आधारमा थप ४ टिम पनि नक आउट पुग्ने छन् ।

कुन देश कुन समुहमा ?

समुह ए : जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्विजरल्याण्ड

समुह बि : स्पेन, क्रोएसिया, इटाली, अल्बेनिया,

समुह सी: सोल्भेनिया, डेनमार्क, सर्बिया, इंग्ल्यान्ड

समुह डि: पोल्याण्ड, नेदरल्याण्ड, अष्ट्रिया, फ्रान्स

समुह ई : बेल्जियम, स्लोभाकिया, रोमानिया. युक्रेन

समुह एफ: टर्की, जर्जिया, पोर्चुगल, चेक रिपब्लिक

यी मध्ये जर्मनीले सबैभन्दा धेरै प्रतियोगिता खेलेको छ, जुन प्रतियोगिता कै सर्वाधिक सफल टिम पनि हो । अब जर्मनी सर्वाधिक १४ औ पटक प्रतियोगिता खेल्दै छ भने स्पेन १२ औ पटक प्रतियोगिता खेल्दै छ । त्यस्तै फ्रान्स, इंग्ल्यान्ड, नेदरल्याण्ड, चेक रिपब्लिक र इटाली ११ औ पटक प्रतियोगिता खेल्दै छन् । जर्जियाले पहिलो पटक युरोकप खेल्न लागेको हो भने अल्बेनिया र सोल्भेनियाले दोस्रो पटक युरोकप खेल्न लागेका हुन् ।

जर्मनीले हालसम्म  ३ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । स्पेनले ३ पटक उपाधि जितेको छ भने १ पटक उप बिजेता बनेको छ । इटाली र फ्रान्सले समान २-२ पटक उपाधि जितेका छन् । रसिया, चेक रिपब्लिक, पोर्चुगल, नेदरल्याण्ड, डेनमार्क, ग्रिस र स्लोभाकियाले समान १ पटक उपाधि जितेका छन् । यस पटक जर्मनी र स्पेनलाई चौथो उपाधि जितेर किर्तिमान रच्ने अवसर छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसको फुटबल माथि प्रतिबन्ध लागेको थियो । प्रतिबन्धको कारण रसिया भने यस पटक सहभागी छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

पशुपतिमा महाशिवरात्रिको तयारी सुरु, महाकुम्भको कारण धेरै साधु सन्त आउने अनुमान

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको...

नेपालमा बण्ड मार्केटको विकासका लागि गोष्ठी शुरू, विश्व बैंकका विज्ञ पनि सहभागी

नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (IFC) को...

एस.के. इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्रि...

संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी जलविद्युत आयोजना बनाउन दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण...

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा छुट

कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी...