Friday, July 17, 2026
spot_img

अब हरेक महिना धितोपत्र बोर्ड, नेप्से र सिडिएसबीच समन्वयात्मक बैठक

spot_img

अब शेयरबजार सम्बद्द तीन निकायबीच हरेक महिना समन्वयात्मक बैठक हुने भएको छ । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुखबीच हरेक महिना समन्वयात्मक बैठक हुने भएको हो।

जस क्रममा आज नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई, तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक प्रविन पन्दाकबीच पहिलो बैठक बसेको हो। धितोपत्र बोर्डको खुमलटार स्थित कार्यालयमा बैठक बसेको हो ।

नेपालको पुँजी बजार र यस सँग जोडिएका प्रणालीहरूलाई थप परिष्कृत बनाउँदै लग्ने तथा भविष्यमा समेत यस्ता विषयमा नियमित रूपमा समन्वयात्मक बैठक जारी राख्ने विषयमा छलफल भएको बोर्डले जनाएको छ। त्यस्तै नेपालको पुँजी बजार तथा सम्बद्ध प्रविधि, प्रणाली अधिक पारदर्शी, दक्ष, र अद्यावधिक बनाउने र यसलाई निरन्तरता दिन नियमित अन्तरसंस्थागत समन्वय कायम राख्न्ने सहमति भएको सिडीएससीले जनाएको छ।

आजको छलफलमा धितोपत्र बोर्डका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठ तथा सुपरीवेक्षण विभाग प्रमुख रूपेश केसी समेत सहभागी थिए। नेप्सेका नवनियुक्त सीइओ चापागाईको अग्रसरतामा यस्तो बैठक र छलफल सुरु भएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्जेन्टिनामाथि फिफाले थाल्यो छानबिन, कारवाहीको सम्भावना

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनामाथि छानबिन थालेको छ...

नेपाल लाइफ इन्स्योरेन्सले बिरगंजमा किन्यो ८७.५३ धुर जग्गा, मूल्य ३३ करोड ७७ लाख

नेपाल लाइफ इन्स्योरेन्सले पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं....

तोलामा ३१ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्य पनि घट्यो

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहीबार प्रतितोला...

मिटरब्याज पीडित पक्ष र सरकारबीच निर्णायक वार्ता हुँदै, आजै सम्झौता हुने

आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै...

४०५ स्थानीय तहमा आजबाट जग्गाको कित्ताकाट रोकियो

जग्गाको वर्गीकरण सम्पन्न नगरेका देशभरका स्थानीय तहमा जग्गाको कित्ताकाट...
spot_img