एनएलजी इन्स्योरेन्स कम्पनीले मङ्सिर ११ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०:६.२५६ को अनुपातमा अर्थात ६२.५६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
कम्पनिले कुल ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यस निष्काशनमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्ने छन् । हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।