Sunday, May 25, 2025
spot_img

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको मन्थली शाखाद्वारा दाबी भूक्तानी

spot_img
spot_img

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दुर्घटना तथा औषधी उपचार बीमा बापतको दाबी भूक्तानी गरेको छ । रामेछापको निशान बचत तथा ऋण सहकारी संस्थाका बचत सदस्य लक्ष्मण श्रेष्ठको केही महिना अघि पिकनिक खान जादा खाना सर्केर उपचारका क्रममा मृत्यु भएपछि उनको बीमा बापतको रकम कम्पनीले आज हस्तान्तरण गरेको हो ।

कम्पनीको तर्फबाट मन्थली शाखा प्रमुख बिपिन भट्टराईले दाबी भूक्तानी बापतको १ लाख रुपैयाँ बराबरको चेक रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीको रोहबरमा निशान साकोसका अध्यक्ष सुमन कुमार श्रेष्ठ र सचिव अपना श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

रामेछाप नगरपालिका वडा नम्बर ८ को निशान बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सम्पूर्ण बचत सदस्यको दुर्घटना र औषधी उपचार बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा गरेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मन्थली शाखाले बिगत ७ वर्षदेखि रामेछाप जिल्ला र आसपासको जिल्लामा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img