Tuesday, March 17, 2026
spot_img

सलिकोद्वारा बीमा सचेतना ‘वाकाथन’ कार्यक्रम सम्पन्न

spot_img
spot_img

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँमा “बीमाः सुरक्षित भविष्यको आधार” भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ । यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्वबारे जनचेतना फैलाउनु र “सुरक्षित भविष्य” निर्माणमा बीमाको भूमिकाबारे सन्देश प्रवाह गर्नु रहेको थियो ।

कार्यक्रम कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भई नक्साल भगवती मन्दिर, नागपोखरी, गैरीधारा, प्रहरी मुख्यालय, हिल्टन होटल, नक्साल भगवती मन्दिर हुँदै पुनः केन्द्रीय कार्यालयमा समापन गरिएको थियो ।

झन्डै ४ किलोमिटरको यो वाकाथनमा कम्पनीको उपत्यका भित्रका शाखा कार्यालयहरुको करिब १०० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

उक्त अवसरमा सहभागीहरूले बीमाको आवश्यकता र फाइदाबारे जनचेतना फैलाउने उद्देश्यले “बीमाः सुरक्षित भविष्यको आधार” भन्ने सन्देशसहितको ब्यानर र प्लेकार्ड बोकेका थिए ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस किसिमका सार्वजनिक अभियानहरूले सर्वसाधारणमा बीमाप्रति सचेतना बढाउनेछन्, जसले गर्दा नागरिकहरू अझ जानकार, जिम्मेवार हुनुका साथसाथै अन्ततः राष्ट्र अझ सुरक्षित बन्ने बताए ।

कम्पनीले भविष्यमा पनि यस्ता जनमुखी सचेतनामूलक गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गरिनै रहने प्रतिवद्दता जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड, १८४२६० जनाले पाए शेयर

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको...

प्रति कित्ता ४०० रुपैयाँमा ४ लाख ५३ हजार कित्ता शेयर बिक्री गर्दै होटेल सारथी

धुलिखेलको होटेल सारथी लिमिटेडले संस्थापक समूहको जगेडा शेयर प्रिमियम...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए निशुल्क फोन गरेर जानकारी दिन आग्रह

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको...

शिखर पावर डेभलपमेन्टको आईपीओ आज बाँडफाँड हुँदै

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ आज चैत्र...

७८ वर्षीय केसीले गराउनेछन् नव निर्वाचित सांसदहरुलाई सपथ

यस पटक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी हुने...

 मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img