हिमालयन एभरेष्ट इन्स्योरेन्सको एसिस्टेन्ट सीइओमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन्। कम्पनी आज बुधबार उनको नियुक्ति बारे जानकारी दिएको हो ।
उनको यो नियुक्ति कम्पनीको नेतृत्वलाई सुदृढ गर्न र कम्पनीको वृद्धिलाई तीव्रता दिनको लागि गरिएका निरन्तर प्रयासहरूको एक हिस्सा रहेको कम्पनीले जनाएको छ।
यस अघि दुवाडी समृद्धि फाइनान्सको डेपुटी सीइओ थिए । त्यस अघि भने उनी नेको इन्स्योरेन्समा आवद्द थिए।