Friday, May 8, 2026
spot_img
spot_img

बीमक संघका नवनिर्वाचित अध्यक्ष क्षेत्रीद्वारा १२ बुँदे प्रतिवद्धता सार्वजनिक

spot_img
spot_img

नेपाल बीमक संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले ‘प्रत्येक घरवास, सुरक्षाको आभाष’ भन्ने नाराका साथ आवासीय तथा व्यवसायिक भवनको बीमा गर्ने वातावरण बनाउन संघले सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । संघको साधारणसभामा बोल्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका क्षेत्रीले विभिन्न १२ बुँदे प्रतिवद्धता जनाउँदै यस्तो बताएका हुन् ।

उनले विपन्न तथा निम्न वर्गका नागरिकहरु प्राकृतिक प्रकोपबाट सबैभन्दा बढी प्रभावित हुने भएकाले बीमाको दायरामा समाहित गरि बीमा पहुँचको खाडल कम गर्न ‘जलवायु परिवर्तनको छैन सीमा, सुनिश्चित गरौँ समावेशी बीमा’ भन्ने नारालाई व्यहारमा लागू गर्न आफू क्रियाशील रहने पनि प्रतिवद्धता जनाएका छन् । यस्तै, उनले बीमा मध्यस्थकर्ता (सर्भेयर, अभिकर्ता, पुर्नबीमा दलाल र तेस्रो पक्ष सहजकर्ता)हरुको कार्यसम्पादनलाई पारदर्शी गराउने पनि जनाएका छन् ।

नवनिर्वाचित अध्यक्ष क्षेत्रीले जलविद्युत तथा ठूला परियोजनाहरुको पुर्नबीमा गर्न स्वदेशी पुर्नवीमकलाई अनिवार्य गर्नको लागि आवश्यक नीति तर्जुमा गर्न नियामक निकायलाई अनुरोध गर्ने पनि प्रतिवद्धता जाहेर गरेका छन् ।

साथै, निर्विरोध रुपमा संघको नयाँ कार्यसमिति चयन गर्न सहयोग गरेकोमा उनले सबै सदस्य र निवर्तमान कार्यसमितिका पदाधिकारीप्रति धन्यवाद पनि व्यक्त गरेका छन् ।

यस्ता छन् १२ बुँदे प्रतिवद्धताः

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img