नेपाल बीमक संघको अध्यक्षमा बिरेन्द्र बैदवार क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्री सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
संघको महासचिव पदमा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त पनि निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र कोषाध्यक्षमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ सर्वसम्मत रुपमा चुनिएका छन् ।
संघको कार्यसमितिमा नयाँ सदस्यमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ, द ओरिएन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य चयन भएका छन् ।
संघको साधारणसभा आज हुँदैछ ।













