Sunday, May 3, 2026
spot_img
spot_img

नेशनल लाइफले ३३३ करोडमा किन्यो हिमालयन बैंकको शेयर, दिगो प्रतिफल आर्जन हुने विश्वास

spot_img
spot_img

हविव बैंक लि.को स्वामित्वमा रहेको हिमालयन बैंकको सम्पूर्ण संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्सको नाममा आएको छ । हविवको स्वामित्वमा रहेको हिमालयन बैंकको २ करोड ८० लाख १२ हजार ४ सय ४७ दशमलव ४५ कित्ता शेयर नेशनल लाइफ इन्स्योरेन्सले खरिद गरि नामसारी प्रक्रिया समेत सम्पन्न भएको हो।

हविवले आफ्नो नाममा रहेको हिमालयन बैंकको सम्पूर्ण संस्थापक शेयर  हाल कायम संस्थापक शेयरधनीलाई एक मूष्ठ बिक्रि गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो। हिमालयन बैंकको संस्थापक शेयरधनीको हैसियतले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सो शेयर खरीदको लागि निवेदन पेश गरी खरीद प्रकृया अघि बढेको थियो। सम्बन्धित नियामक निकायहरुको स्विकृतीमा प्रचलित जीवन बीमकको लगानी निर्देशन भित्र रही सवै आवश्यक प्रकृयाहरु पूरा गरी ति सबै शेयर प्रति कित्ता रु.११८.८८ को दरले तीन अरब तेत्तीस करोड एक लाख उन्नाइस हजार सात सय वाउन्न रुपैयाँ पचासी पैसामा खरिद गरिएको नेशनल लाइफले जनाएको छ ।

सो शेयर खरिदवाट कम्पनीको लगानी विविधीकरण भई दिगो प्रतिफल आर्जन हुने र सम्बन्धित सबै सरोकारवालाहरु लाभान्वित हुने विश्वास नेशनल लाइफले व्यक्त गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनको भाउ

आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला २...

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img